Logo

कोरोना पुष्टि भएकै दिन एक महिलासहित दुई जनाको मृत्यु



बुटवल, कार्तिक ११ । कोरोना भाइरस संक्रमणका कारण रुपन्देहीमा थप दुई जनाको ज्यान गएको छ ।

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत तिलोत्तमा–११ की ५० वर्षीया महिला र बुटवल–१३ का ५२ वर्षीय पुरुषको सोमबार राती मृत्यु भएको हो ।

संक्रमित महिलाको कोरोना पुष्टि भएकै दिन मृत्यु भएको छ भने पुरुषमा कोर्तिक ७ गते कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्