Logo

धारिलो हतियार प्रयोग गरी पुजारीको हत्या



नवलपरासी, कार्तिक ११ । बर्दघाट सुस्ता पश्चिममा धारिलो हतियार प्रयोग गरी हत्या गरिएका अवस्थामा एक पुरुषको शव फेला परेको छ।

सुस्ता गाउँपालिका–४ नर्सहीस्थित पच्छिमडारी बस्ने ७५ वर्षीय महगु केवटको शव सोमबार फेला परेको हो।

केवट स्थानीय मन्दिरका पुजारी थिए। उनको आफ्नै कुटी नजीकै धारिलो हतियार प्रयोग गरी हत्या गरिएको र हत्याराको खोजी भइरहेको प्रहरीले जनाएको छ।

घटनाका विषयमा थप अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिएका छन्। रासस



प्रतिक्रिया दिनुहोस्