Logo

कोरोना रोकथामका उपाय अपनाए लकडाउन गर्नुनपर्नेः डब्लुएचओ



न्यूयोर्क, कार्तिक ११ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मानिसहरूले कोरोना भाइरसका रोकथामका उपायलाई पूर्ण रूपमा पालना गरे राष्ट्रव्यापी लकडाउन र प्रतिबन्धहरू गर्नु नपर्ने जनाएको छ।

पछिल्लो समय यूरोपका स्पेन, इटली, फ्रान्स लगायत विभिन्न देशहरूमा दोस्रो चरणको लहर देखा परेपछि ती देशहरूमा फेरि प्रतिबन्धहरू लागू गरिएपछि डब्लुएचओको यस्तो भनाइ आएको हो।

पछिल्लो समय यूरोप कोरोनाको केन्द्रविन्दु बन्दै गएको पनि डब्लुएचओले बताएको छ।



प्रतिक्रिया दिनुहोस्