Logo

दसैँ मनाउनेहरु कम्युनिष्ट हैनन्- नेकपा नेता गजुरेल



काठमाडौं, ११ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीका नेता हरिबोल गजुरेलले दशैं मान्ने कम्युनिस्ट हुन नसक्ने बताएका छन् । उनलाई दशैं मनाउनेहरुलाई अन्धविश्वासी समेत भनेका छन् ।

गजुरेलले आफूरुले दशैँ नमान्ने गरेको समेत बताए । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलासँग नेकपा नेता हरिबोल गजुरेलले कम्युनिष्टहरुले धर्म नमान्ने भएकाले आफूहरुले दशैँ नमान्ने गरेको बताए ।

उनले भने, “दशैँ मान्नेहरु कम्युनिष्ट हुनै सक्दैन, कम्युनिष्टले त धर्म र अध्यात्ममा विश्वासै गर्दैन ।” कम्युनिष्टहरु भौतिकवादी हुने र भौतिकवादीले धार्मिक पर्व तथा क्रियाकलापहरुमा विश्वास नगर्ने उनको भनाई थियो । नेता गजुरेले आफू कहिल्यै मन्दीरमा नगएको र आगामी दिनमा पनि नजाने अठोट गरे । नेकपाका धेरै नेताहरुले दशैँ नमनाउने गरेको जानकारी समेत दिए ।

आफूहरु धर्मको विपक्षमा रहेको आशय व्यक्त गर्दै उनले जनताले धर्म मानेकोप्रति भने कुनै आपत्ति नरहेको स्पष्ट पारे । नेपालमा कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरु अधिकांश बनावटी र देखावटी कम्युनिष्ट भएको उनको टिप्पणी छ । आफ्ना अधिकांश कार्यकर्ता र समर्थकहरुलाई उनले घुमाउरो तरिकाले सच्चा कम्युनिष्ट हुन नसकेको आरोप लगाए ।

नेकपाका अधिकांश कार्यकर्ता तथा समर्थहरुले दशैँ मनाएपनि उनीहरुकै धेरै नेताहरुले भने उनीहरुको भावना विपरित दशैँ बहिस्कार गर्ने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्