Logo

जब पम्पिओ र इस्परले दोभालसँग कुहिनो जुधाए



एजेन्सी, ११ कात्तिक । अमेरिकी विदेशमन्त्री माइक पम्पिओ र रक्षामन्त्री मार्क इस्पर सोमबारबाट भारत भ्रमणमा छन् । दुवैजना नयाँ दिल्लीमा भेटमा व्यस्त छन् ।

पम्पिओ र इस्पर साउथ ब्लक पुगेर भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालसँग भेटेका छन् । भेटमा दोभालसँग हात मिलाउनुको साटो पम्पिओ र इस्परले कुहिनो जुधाएका थिए ।

तीनैजना मास्कमा थिए । भीमकाय शरीरका पम्पिओले दोभाललाई कुहिनो दिएको दृश्य रोचक देखिन्छ । इस्परले पनि कुहिनो नै दिए ।
एशियामा चीनको प्रभाव बढेपछि अमेरिकाले भारतसँग महत्वपूर्ण सुरक्षासम्बन्धी कुराकानी बढाउने रणनीति बनाएको हो । यसैका लागि पम्पिओ भारत पुगेका हुन् ।



प्रतिक्रिया दिनुहोस्