Logo

अपाङ्गता भएकालाई आत्मनिर्भर बनाइने



लहान, ११ कात्तिक: महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउने गर्ने गरी मन्त्रालयले काम अगाडि बढाएको बताएका छन् ।

सिरहाको गोलबजार नगरपालिकामा १५ शय्याको सुविधासम्पन्न अस्पताल र असहाय सेवा सदन भवनको शिलान्यास गर्दै मन्त्री श्रेष्ठले फरक क्षमता भएका व्यक्तिलाई अवसरको सिर्जना तथा आश्रित र अपाङ्गता भएका व्यक्तिको जीवननिर्वाह, महिला हिंसा अन्त्य, बालबालिका शिक्षा, वृद्धवृद्धाको सम्मानपूर्वक बाँच्ने अधिकारलगायत विषयमा मन्त्रालयले ठोस योजना बनाइरहेको बताए ।

कार्यक्रममा भवन निर्माणका लागि जग्गादान गर्ने गोलबजार नगरपालिकाका व्यवसायी केदार श्रेष्ठ, हीरालाल श्रेष्ठ, मोती श्रेष्ठ, जवाहरलाल श्रेष्ठ र डा विष्णु श्रेष्ठलाई सम्मान गरिएको थियो ।

बुवा शिवनाथ र आमा सन्तमाया श्रेष्ठका स्मृतिमा श्रेष्ठ दाजुभाइले १५ शय्याको सुविधासम्पन्न अस्पताल निर्माणका लागि १५ कठ्ठा १० धुर र असहाय वृद्ध सेवा सदन निर्माणका लागि सात कठ्ठा १० धुर जग्गादान गरेका हुन् ।-रासस



प्रतिक्रिया दिनुहोस्