Logo

खोटाङको सोह्रखानीमा जीप दुर्घटना, तीन जनाको मृत्यु



काठमाडौं, ११ कार्तिक । खोटाङको बराहापोखरी गाउँपालिका–५, सोह्रखानीमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । चारजना घाइते छन् । मंगलबार उदयपुर र खोटाङको सिमानामा पर्ने बराहापोखरी गाउँपालिकाको बङ्सिलाघाटमा जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।  मृत्यु हुनेमा बराहापोखरी गाउँपालिका–६ का दक्षुमान राई, बराहापोखरीकै विश्व राई र उदयपुर चौदण्डीगढी नगरपालिकाकी बृहस्पति राई छन् ।

उदयपुरबाट चिसापानी आउँदै गरेको को१ज ३४७० नम्बरको जीप दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।घाइतेहरुलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।



प्रतिक्रिया दिनुहोस्