Logo

पाँच सय ७० जना कोरोना संक्रमित थपिए



काठमाडौं, ११ कात्तिक । देशमा पाँच सय ७० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घन्टाभित्र थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

देशमा हालसम्म एक लाख ६० हजार ४ सय जना संक्रमित संख्या पुगेको छ । कुल ८ सय ७६ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ ।

एक लाख १८ हजार ८ सय ४३ जना संक्रमणमुक्त भएका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्