Logo

२४ घण्टामा जम्मा २७२५ जनाको पीसीआर परीक्षण



काठमाडौँ, ११ कार्तिक: देशमा आज (मंगलबार) थप पाँच सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विगत २४ घण्टामा देशभर २७२५ जनाको पीसीआर परीक्षण गरिएकोमा ५७० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप १४ जना संक्रमितको मृत्यु भएको छ । योसंगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८७६ पुगेको छ ।

त्यसैगरी नेपालमा कोरोना मुक्त हुनेको संख्या एक लाख १८ हजार ८ सय ४३ पुगेको छ।-File photo



प्रतिक्रिया दिनुहोस्