Logo

चौरसिया हत्याको जाहेरी दर्ता गर्न नमानेको भन्दै एसपी गंगा पन्तविरुद्ध प्रदर्शन



वीरगंज, ११ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी पर्सा जिल्ला कमिटी सदस्य मुकेश चौरसियाको हत्या प्रकरणबारे जाहेरी दर्ता गर्न माग गर्दै प्रदर्शन भएको छ । जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक गंगा पन्तको वीरगंजमा पुतला दहन गरिएको छ ।

चौरसियाको मृत्यु प्रकरणवारे जाहेरी दर्ता गर्न माग गर्दै पाँचौ दिनमा भएको बिरोध प्रदर्शनका क्रममा प्रदर्शनकारीले प्रहरी उपरीक्षक पन्तको पुतला दहन गरेको थिए । चौरसियाको हत्यामा संलग्नहरूलाई कारबाई गर्न तत्काल मुद्दा दायर गर्नुपर्ने माग गर्दै नेकपाका नेता तथा कार्यकर्ताहरूले वीरगंजमा ५ दिनदेखि प्रदर्शन गरिरहेका छन् ।

आज बिहान नेकपाका नेता कार्यकर्ताहरूले १ घण्टा मौन प्रदर्शन गरेका थिए । त्यस पश्चात प्रहरी विरूद्धमा नारावाजी गर्नुका साथै पर्सा प्रहरी प्रमुख गङ्गा पन्तको पुतला समेत दहन गरेका थिए ।

प्रदर्शनकारीहरुले मुद्दा दर्ता गर, हत्यारालाई कारबाई गर, निकम्मा प्रशासन मुर्दावाद, हाम्रो आन्दोलन जारी छलगायतका नारा लगाएका थिए ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा पर्साका जिल्ला सचिव विजय महतोको अध्यक्षतामा भएको विरोध प्रदर्शनमा जिल्ला ईन्चार्ज रामचन्द्र साह, नेकपाका नेताहरू छोटेलाल यादब, बालगोपाल थापा, बालेश्वर थारू, रहबर अन्सारी, मनोज चौधरी, अरूण यादब, मालती कुश्वाहलगायतको उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस्