Logo

चीनको ‘सुरक्षा थ्रेट’ लाई काउन्टर दिन अमेरिका र भारत एकसाथ केन्द्रित हुनुपर्ने पम्पिओको जोड



एजेन्सी, ११ कात्तिक । भारत भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री माइक पम्पिओले चीनबाट सुरक्षा थ्रेट बढेको बताएका छन् । उनले भारतीय रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री एस जयशंकरसँगको भेटमा चीनको थ्रेटलाई काउन्टर दिन अमेरिका र भारत मिलेर काम गर्नुपर्नेमा समेत जोड दिए ।

टाइम्स अफ इन्डियाका अनुसार मंगलबारको भेटमा पम्पिओले भारतसँग महत्वपूर्ण प्रतिरक्षा सम्झौतापछि चीनबाट सुरक्षा खतरा औल्याएका हुन् । उनले क्षेत्रीय शान्ति र स्थिरतामा ध्यान दिनुपर्ने समेत बताए ।

अमेरिकी रक्षामन्त्री मार्क इस्परले पनि चीनबाट इन्डो प्यासिफिक क्षेत्रमा बढेको सुरक्षा खतराबारे समेत उल्लेख गरेका छन् ।

यसअघि भारत र अमेरिकाका विदेशमन्त्री र रक्षामन्त्रीहरुबीच एकसाथ भेटवार्ता भएको थियो । भारतका रक्षामन्त्री राजनाथ सिंह र अमेरिकी रक्षामन्त्री मार्क इस्परका अलावा अमेरिकी विदेशमन्त्री माइक पम्पिओ र भारतका विदेशमन्त्री एस जयशंकर टु प्लस टु भेटवार्तामा सहभागी थिए ।

यसअघि पम्पिओ र इस्परले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालसँग पनि भेटेका थिए ।



प्रतिक्रिया दिनुहोस्