Logo

ट्याक्सी दुर्घटनामा तीन जनाको मृत्यु, चार घाइते



खोटाङ, कार्तिक १२ । खोटाङमा ट्याक्सी दुर्घटनामा परेको छ । जिल्लाको बराहापोखरी गाउँपालिकामा सोमबार बेलुका भएको उक्त दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। घाइतेहरुको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानीतर्फ जाँदै गरेको को १ ज ३४७० नम्बरको ट्याक्सी दुर्घटनामा परेको हो । दुर्घटनामा ज्यान गुमाउनेको सनाखत भइसकेको खोटाङ प्रहरीले जनाएका छ ।

दुर्घटनामा बराहापोखरी गाउँपालिका–६ का ४५ वर्षीय दक्षुमान राई, ४० वर्षीय विश्व राई र उदयपुर चौदण्डीगढी नगरपालिका–८ की २० वर्षीया बृहस्पति राईको मृत्यु भएको हो ।

त्यस्तै, २८ वर्षीय छत्रबहादुर राई, नौ महिनाका दिप्सन राई, ३० वर्षीय दीपक परियार र ३२ वर्षीया नविना राई घाइते भएका छन्। दुर्घटनामा परेकाहरु एकै परिवारकासमेत रहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्