Logo

कांग्रेस र नेकपाले यस वर्ष चियापान कार्यक्रम नगर्ने



काठमाडौं, कार्तिक १२। सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैं, तिहार, नेपाल संवत् ११४१, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ ।

कोरोना महामारीका कारण यो बर्षको चियापान कार्यक्रम रद्द गरिएको नेकपाको धारणा छ । यसअघि नेपाली काग्रेंसले समेत चियापान कार्यक्रम नगर्ने जनाइसकेको छ ।

 



प्रतिक्रिया दिनुहोस्