Logo

हैदराबादसँग ८८ रनले दिल्ली पराजित



युएई, कार्तिक १२ । युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्ली सनराजर्स हैदराबादसँग ८८ रनले पराजित भएको छ।

टस जितेर हैदाराबादलाई ब्याटिङको दिएको दिल्लीले हार व्यहोरेको हो । हैदराबादले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २१९ रन बनाएको छ ।

जवाफमा २२० रनको लक्ष्य पछ्याएको दिल्लीले पूरै ओभर खेल्न नपाई अलआउट हुन पुग्यो। दिल्लीले १९ ओभर खेल्दै मात्र १३१ रन बनाएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्