Logo

युरोपमा दैनिक मृत्यु झण्डै ४० प्रतिशतले बढ्यो



काठमाडौं, कार्तिक १२ । युरोपमा कोभिडका कारण मृत्यु हुने सङ्ख्या गत साताको भन्दा झण्डै ४० प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार रुसमा एकै दिनमा ३२० जनाको मृत्यु भएर अहिलेसम्म कै सर्वाधिक सङ्ख्या बनेको छ। अहिलेसम्म त्यहाँ कोभिडका कारण २६,५८९ जनाको मृत्यु भइसकेको छ। इटलीमा पनि मृत्यु हुनेको सङ्ख्या तीव्र रूपले बढेको छ। त्यहाँ विगत २४ घन्टामा मात्रै २२१ जनाले ज्यान गुमाएका छन्।

मंगलवार अस्ट्रियामा १ हजारभन्दा बढी मानिसहरूले कोभिडका कारण ज्यान गुमाएका छन्।अमेरिका, भारत, ब्राजिलपछि कोभिड–१९ का धेरै सङ्क्रमित रुसमा रहेका छन्। मङ्गलवारमात्रै त्यहाँ १६,५५० नयाँ सङ्क्रमित देखिएपछि अधिकारीहरूले भिडभाड हुने सबै ठाउँहरूमा मास्क लगाउन अनिवार्य गरेको बीबीसीले उल्लेख गरेको छ ।
इटलीमा पनि विगत २४ घन्टामा थप करिब २२,००० नयाँ सङ्क्रमित देखिएको छ। अधिकारीहरूले परीक्षणलाई बढाइएको बताएका छन्।

सोमवार नयाँ प्रतिबन्धहरू घोषणा गरिएपछि इटलीभरका सहर र नगरहरूमा प्रदर्शनहरू भएका थिए।

बेल्जियममा अस्पतालहरूमा सङ्क्रमित बिरामीको चाप बढेपछि त्यहाँ सङ्क्रमित चिकित्सकहरूलाई पनि काममा आउन भनिएको छ।



प्रतिक्रिया दिनुहोस्