Logo

रअ प्रमुख गोयलको नेपाल भ्रमणबारे कोलाहाल मच्चाउनुमा मैले दम्भ देखेको छैन् : त्रिपाठी



काठमाडौं, १२ कार्तिक । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले भारतका रअ प्रमुख सामन्तकुमार गोयलको नेपाल भ्रमण र प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको शिष्टाचार भेटवार्तालाई लिएर कोलाहल मच्चाउनुमा आफूले दम्भ नदेखेको स्पष्ट पारेका छन् ।  आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पछिल्लो समय हिन्दूस्तानले नेपालसँगको सम्बन्ध सुधारको संकेत दिईरहेको पनि विश्वास दिलाए । उनले भने,‘हिन्दूस्तानले नेपालसँगको सम्बन्ध सुधारको संकेत दिईरहेको छ । हामीले त्यसलाई उपयोग गर्नुपर्छ । भारतीय गुप्तचर विभाग रअका प्रमुखको नेपाल भ्रमणलाई लिएर यहाँ कोलाहल मच्चिरहेको छ । त्यसमा मैले कुनै दम्भ देखेको छैन् ।’

उनले अघि भने,‘भारतले कसलाई पठाउँछ, जोगीलाई पठाउँछ कि कलाकारलाई पठाउँछ, नेतालाई पठाउँछ वा कसलाई पठाउँछ त्यो भारतले आफूले तय गर्ने कुरा हो । हाम्रा नेताहरु या बुद्धिजिवीहरुले तय गर्ने होईन् । कसलाई पठायो भन्ने महत्वपूर्ण होईन । उसले के सन्देश दिन खोजिरहेको छ ? त्यो महत्वपूर्ण हो । मेरो विचारमा भारतले नेपालसँग सम्बन्ध सुधारका साथ अगाडि बढ्न खोजिरहेको छ । त्यसलाई हामीले सहजतापूर्वक, सरलतापूर्वक र त्यही भावअनुसार लिन सक्नुपर्छ । हामी आफ्नो भन्दा अरुको बढि सम्बन्ध र व्यवहार तय गर्छौं ।’

 



प्रतिक्रिया दिनुहोस्