Logo

राजलवटद्धारा दशैंमा पनि काठमाडौंदेखि चितवनसम्म निःशुल्क गुर्जो वितरण, कोरोना पोजेटिभहरुलाई पनि गुर्जोसहितको धुलो औषधी प्रदान (फोटोफिचर)



काठमाडौं, १२ कार्तिक । निःशुल्क गुर्जो वितरण अभियन्ता कमलबहादुर राजलवटले दशैंमा पनि काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा निःशुल्क गुर्जो विरुवा, धुलो प्याकेट र चिया प्याकेट वितरण गरेका छन् । पछिल्लो ७ महिनादेखि राजलवट निःशुल्क गुर्जो वितरण गर्दै आएका छन् । राजलवटले पछिल्लो समय कोरोना संक्रमित, संक्रमितका परिवार र आईसोलेशनमा बसेकाहरुलाई समेत गुर्जोको विशेष धुलो औषधी तथा चिया प्याकेट वितरण गरेका छन् ।

साथै, केही ग्यास्ट्रिक, रक्तचाप, मधुमेह, माईग्रेशन आदि रोगबाट पीडित व्यक्ति तथा नीजका परिवारलाई गुर्जोको चिया खुवाउँदै गुर्जोको धुलो औषधी, गुर्जोको चिया प्याकेट, गुर्जोको बेर्ना पनि सेवा गरिएको उनले विश्वास दिलाए ।  त्यस्तै, नवमीमै दिनमा गोकर्णेश्वर नगरपालिकास्थित् सुगमनगरमा ५ सय गुर्जोको बेर्ना र कोरोना पोजेटिभ २५ जना र केही आईसोलेशनमा बसेकाहरु र उनीहरुको परिवारलाई गुर्जोको धुलो औषधी र चिया प्याकेटसमेत वितरण गरिएको थियो । साथै, उनले त्यहाँ उपस्थित् महानुभावहरुलाई पनि निःशुल्क गुर्जोको धुलो र चिया प्याकेट वितरण गरेका थिए । उनले हिजोमात्रै, चितवनको नारायणघाट बागेश्वरीस्थित् योगी नरहरिनाथ आध्यात्मिक परिषदमा पनि तीन सय विरुवा, गुर्जोसहितको धुलो औषधी प्याकेट, गुर्जोको लहरा प्रदान गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्