Logo

विद्युत धेरै भएर खेर गएपछि विद्युत प्राधिकरण समस्यामा



कात्तिक १२, काठमाण्डौ । दशैंमा विद्युतको माग कम हुँदा बिजुली खेर गएको छ । दसैको बिदाका कारण विभिन्न कलकारखाना, व्यापारीक मल र संस्थाहरु बन्द रहेका कारण बिजुली खेर गइरहेको नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाले जानकारी दिए ।

उनले नेपालमा अहिले केहि समयका लागि दैनिक करिब २ सय मेगावाटसम्म खेर गइरहेको बताए । खेर गइरहेको विद्युतको खपतबारे प्राधिकरणसँग तत्कालै खपत बढाउने कुनै विकल्प नहरेपनि दीर्घकालिन रुपमा रणनीति तयार पारेर अगाडि बढिने उनको भनाई छ ।

प्राधिकरणले खेर गइरहेको विद्युतको खपत गर्न सिँचाई, कृषि उत्पादन, विद्युतीय सवारीका लागि विद्युत उपलब्ध गराउने, उपभोक्तालाई इन्डक्सन चुल्हो प्रयोगलाई प्रोत्साहन गर्ने जानकारी दिए । तर इन्डक्सन चुल्हो, विद्युतीय सवारी साधन र विद्युतीय उपकरणमा कर वृद्धि गर्ने निर्णयले आन्तरिक खपत निरुत्साहित भएको अवस्था रहेको छ ।

त्यस्तै खेर गइरहेको विद्युतको खपतका लागि सात वटै प्रदेशमा चारजिङ स्टेसन निर्माण गर्न टेन्टर प्रक्रिया अगाडि बढाएर मुल्यांकनको चरणमा रहेको कोइरालाको भनाई छ । त्यस्तै उहाँले खहिले नेपालमै उत्पादन भएको विद्युतले खपत गर्न पुगिरहेकाले भारतबाट आयत गर्नुपर्ने अवस्था नरहेको बताए ।

बिहान र बेलुकाको पिक समयमा भने अधिकतम् रुपमा नेपालबाट उत्पादित सबै बिजुली उपयोग हुने गरेको उनको भनाई छ । अहिले वर्षा रोकिएर नदीहरुमा पानी संग्लिएपछि रातको समयमा खेर फाल्नुपर्ने बिजुलीको परिमाण थप बढेको प्राधिकरणको भनाई छ ।

 



प्रतिक्रिया दिनुहोस्