Logo

पृथ्वी खनालको ‘मलमल कुर्तावाली’मा यस्तो देखिइन मेचु (भिडियो)



कात्तिक १२, काठमाण्डौ । गायक पृथ्वी खनालको नयाँ गीत ‘मलमल कुर्तावाली’ सार्वजनिक भएको छ । गीतमा पृथ्विलाई गायिका मेचु धिमालले साथ दिएकी छिन् ।

गायन रियालिटि शो भ्वाइस अफ नेपालबाट चर्चामा आएका पृथ्वी र मेचुको संयुक्त आवाज रहेको यो पहिलो गीत हो । ग्रिष्मा भट्ट र गिरिस भट्ट को निर्माणमा बनेको गीतको शब्द लेखु सहयात्री, संगीत करणराज कार्की, एरेन्ज देवेश राई, मिक्सिङरमास्टरिङ किशोर थापा, रेकर्डिष्ट राजेश श्रेष्ठ, स्टुडियो म्युजिसियन ए वन, श्रृङ्गार दिपसन परियार, ड्रोन अभिनाष मानन्धर, छायांकन अनिल के मानन्धर, सम्पादनरकलर मनोज कार्कि, कथा पृथ्वि खनाल र कोरियोग्राफिर निर्देशन मौसम हिमालिको रहेको छ ।

भिडियोमा पृथ्वी, मेचु र सन्तोष पाण्डेको अभिनय रहेको छ । गीत गायक खनालको आफ्नै युटुब च्यानल PRITHVI KHANAL मार्फत सार्वजनिक गरिएको छ ।

बर्दियामा छायांकन गरिएको भिडियोमा युवा युवतीको प्रेम कहानीलाई रमाइलो पारामा प्रस्तुत गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्