Logo

कोरोना संक्रमित बाबुरामले स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिँदै भने : ‘हामी छिट्टै निको हुनेमा विश्वस्त छौं’



काठमाडौं, १२ कार्तिक । कोरोना संक्रमणसँग जुधिरहेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफू र हिसिला यमीलाई स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गरेका छन् । बाबुराम दम्पत्तिलाई कोरोना संक्रमण भएको छ। उनीहरु होम आईसोलेशनमा बसेर कोरोनाविरुद्धको लडाई लडिरहेका छन् । बाबुरामले आज राति सामाजिक सञ्जाल ट्विटरमार्फत आफूहरु दुवै जना छिट्टै निको हुने विश्वास व्यक्त पनि गरेका छन् ।

उनले लेखेका छन्-“हिसिला र मेरो स्वास्थ्यलाभको कामना गर्नुहुने सम्माननीय प्रमज्यू,उपप्रमज्यू,मन्त्रीज्यूहरू,विभिन्न दलका नेतागण, सांसद मित्रहरू,सुरक्षाकर्मीहरू,कुटनीतिज्ञहरू,देशविदेशमा रहनुहुने सबै मित्रहरूप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौं!यहाॅहरूको सद्भावले हामी छिटै निकोहुनेमा विश्वस्त छौं!”



प्रतिक्रिया दिनुहोस्