Logo

मुम्बई इन्डियन्सले बैंगलोर पाँच विकेटले हरायो



दुबै, कार्तिक १३ । युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति सम्पन्न खेलमा मुम्बई इन्डियन्ससंग रोयल च्यालेन्जर्स बैंगलोर पाँच विकेटले पराजित गरेको छ।

पहिलो ब्याटिङ गरेको बैंगलोरले ६ विकेट गुमाएर मुम्बईलाई १६५ रनको लक्ष्य दिएको थियो। जवाफमा मुम्बईले १९।१ ओभरमै ५ विकेट गुमाएर लक्ष्य भेट्न सफल भयो ।

आजको खेल चेन्नई सुपर किंस र कोलकाता नाइट राइडर्सबीच नेपाली समय अनुसार विहिबार बेलुका ७ः ४५ बजे हुनेछ।



प्रतिक्रिया दिनुहोस्