Logo

पूर्व प्रधानसेनापति रुक्मांगत कटवालसँग ऋषि धमलाको विशेष कुराकानी (भिडिओसहित)



काठमाडौं, १३ कार्तिक । पूर्व प्रधानसेनापति रुक्मांगत कटवालले नेपाली सेनाको लामो ईतिहास भएको र यो विश्वमै सबैभन्दा अनुशासित, व्यवसायिक र सम्मानित सेनामध्येमा पर्ने उल्लेख गर्दै अहिले नेपाली सेनाको चर्चा संसारको कुनाकाप्चामा हुने गरेको सुनाए । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले मिलिटरी डिप्लोमेसीले दुई देशबीचको तनाबलाई सही दिशामार्फत सम्बन्ध अघि बढाउन सहयोग पुग्ने पनि विश्वास दिलाए । भारतीय सेनाअध्यक्ष मनोज मुकुन्द नरभानेले सिमा विवाद सम्बन्धमा दिएको अभिव्यक्तिलाई लिएर नेपाली जनताले ठूलो चित्त दुखाएको कटवालले उल्लेख गरे । हेरौं कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्