Logo

प्रेमिलाई आज पति बनाउँदै काजल



मुम्बई, कार्तिक १४ । बलिउड अभिनेत्री काजल अग्रवाल आज विवाह बन्धनमा बाधिदै छिन । काजोलले आफ्ना प्रेमी गौतम किचलुसँग आज विवाह बन्धनमा बाधिन लागेको समाजिक सञ्जाल इन्स्टाग्राममार्फत जानकारी गराएकी छ । गौतम इन्टेरियर डिजाइनर हुन् ।

उनले सामाजिक सञ्चालमा तस्विरसमेत सेयर गरिसकेकी छिन् । ‘मलाई यो कुरा सेयर गर्न पाउँदा निकै खुसी लागेको छ । म र गौतम किचलु यही अक्टोबर ३० मा मुम्बईमा रहेको हाम्रो परिवारको जमघटकाबीच विवाह गर्दैछौँ ।’

 

काजलले इन्स्टाग्राममा उल्लेख गरेकी छिन् । उनले अक्टुबर ६ मा आफूहरुको बिबाह हुन लागेको आफ्ना फ्यानलाई दिएकी थिइन् । विवाह समारोह बलिउड नगरी मुम्बइमा हुन गैरहेको छ । काजलले हिन्दी फिल्म ‘क्यों हो गया न’ बाट डेब्यु गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्