काठमाडौं, १४ कार्तिक । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले पार्टीलाई विधि, विधान र सिद्धान्तअनुसार चलाउनुपर्नेमा जोड दिएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । पछिल्लो समय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपालसँग मिलेर जान प्रस्ताव गर्नुभएको छ नि ? भनेर सोधेको प्रश्नमा उनले भने,‘नेताहरुको बीचमा कुराकानी हुनु स्वभाविक हो । गत स्थायी कमिटीको बैठकले जुन निर्णय गरेको थियो, त्यो निर्णय कार्यान्वयन हुनुपर्छ । हामीले राष्ट्रिय हितका साझा सवालहरुमा छलफल गरेर साझा धारणा बनाएर मात्रै अगाडि बढ्ने निर्णय गरेका थियौं ।’
प्रधानमन्त्री ओलीले नेता नेपालसँगको भेटमा अर्का अध्यष पुष्पकमल दाहाल प्रचण्डको साथ छोड्नुहोस सहकार्य गरौं भन्नुभएको छ भन्ने कुरा आएको छ नि ? भनेर सोधेको प्रश्नमा उनले भने,‘हेर्नुहोस, ऋषिजी प्रत्यक्ष रुपमा प्रधानमन्त्रीसँग कुरा भएको छैन् । पार्टी एकता गर्यौं । यत्रो विजय हाँसिल गर्यौं । प्रदेश र केन्द्रमा बहुमत प्राप्त गर्यौं । कसैलाई किनारा लगाउने । गुटबन्दी गर्ने कुरा गर्नु गलत हो । यसो गर्नुहुँदैन् । यसो गर्दा नेताको कुनै योग्यता र क्षमताको प्रदर्शन हुँदैन् । गएको स्थायी कमिटीको बैठकका निर्णय कार्यान्वयन गर्नुपर्छ । र, नेताहरुलाई पनि योग्यता र क्षमताको आधारमा जिम्मेवारी दिनुपर्छ । नेताहरुले समिकरण बदल्नुको कुनै औचित्य र अर्थ छैन् ।’
उनले आफूहरुले पार्टीलाई विधि र प्रक्रियामा फर्काउन आवाज उठाईरहेको पनि सुनाए । उनले भने,‘हामीले गुटबन्दी बन्द गर्नुहोस । पार्टीको विधि र प्रक्रियालाई आदर र कदर गर्नुपर्छ । को व्यक्तिसँग के समिकरण गरेर देशलाई सकारात्मक दिशार्फत लैजाँदैन् । विधानले भनेको छ–गुटबन्दी भेला पनि नगर्ने ।’
उनले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले पनि पार्टीलाई विधि र विधानअनुसार चलाउने भनेर हस्ताक्षर गरेको पनि स्मरण गराए । ‘देश र जनताको भलो चाहाने काम गर्नुभएको छ । पार्टीमा निकृष्ट खेल खेल्नुहुँदैन् । स्थायी कमिटीका निर्णय मान्नुपर्यो । बैठक बोलाउनुपर्यो । यो कुनै एक जना व्यक्तिले निर्माण गरेको पार्टी होईन् । समस्याको समाधान गर्न दूत पठाएर घर–घरमा पठाएर हुँदैन् । बैठक बस्नुपर्छ । पार्टीलाई विभिन्न व्यक्तिको स्थार्थको भुमरिमा घुमाउनुहुँदैन् ।’
उनले माधव नेपालले प्रधानमन्त्री ओलीसँग सहकार्य गरेर सम्भवाना कति छ ? भनेर सोधेको अर्को प्रश्नमा उनले भने,‘माधव नेपालसँग ३५ सालदेखि मेरो संगत हो । अर्को प्रधानमन्त्रीसँग पनि मेरो पूरानो संगत हो । दुवै जनाको आनीबानी र शैली मलाई थाहा छ । माधव नेपालले विधि र प्रक्रिया अनि सामूहिक नेतृत्वमा पार्टीलाई लैजाऔं भन्नुभएको हो । उहाँले भनेको कुरा के नराम्रो छ र ? व्यक्तिहरुलाई पूर्वाग्रह नगरौं भन्ने उहाँको भनाई हो । महत्वपूर्ण नियुक्तीहरु र जिम्मेवारी दिने कुुरामा योग्यता र क्षमताको आधारमा गरौं भन्नुभएको हो । के घाटा पर्यो ?’




प्रतिक्रिया