Logo

२७ जनाद्वारा रक्तदान



मध्यपुरथिमि, १४ कात्तिक: बडादशैँका बेलामा रगत अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी गुण्डू उपशाखाले आयोजना गरेको रक्तदानमा २७ जनाले रक्तदान गरेका छन् । सूर्यविनायक नगरपालिका वडा नं ७ रातोपाटीमा आज प्रतिनिधिसभा सदस्य महेश बस्नेतले पहिलो रक्तदातालाई ब्लड ब्याग प्रदान गरी कार्यक्रम आरम्भ गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुरको प्राविधिक सहयोग र गुण्डू उपशाखाको व्यवस्थापनमा रक्तदान सम्पन्न भएको नेपाल रेडक्रस गुण्डू उपशाखाका सभापति रामकुमार बस्नेतले जानकारी दिए ।

उपशाखाले रगत अभाव हुन नदिन विभिन्न समयमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । गत बुधबार पनि उपशाखाले सूर्यविनायक नगरपालिका वडा नं ७ पुरानो बसपार्कमा आकस्मिक रूपमा रक्तदान कार्यक्रम गरेको थियो । यससँगै शाखाले विभिन्न समयमा विपत्मा परेका व्यक्तिलाई राहत प्रदान गर्नेदेखि अन्य सामाजिक कार्य गर्दै आएको छ ।रासस/File Photo



प्रतिक्रिया दिनुहोस्