Logo

टर्कीमा शक्तिशाली भूकम्प



एजेन्सी, १५ कात्तिक । टर्कीमा शक्तिशाली भूकम्प गएको छ । एजियन समुन्द्रमा केन्द्रबिन्दु भएर शुक्रबार बेलुका ७ म्याग्निट्युडको भूकम्प गएको हो । भूकम्पको धक्काले टर्की र छिमेकी ग्रीसमा सम्म ठुलो क्षति पुगेको छ ।

पछिल्लो जानकारी अनुसार टर्की र ग्रीसमा गरी २२ जनाको मृत्यु भएको छ । भवन र पर्खालहरु ढल्दा मानिसहरुको मृत्यु हुनाको साथै घाइते भएका हुन् । टर्कीमा ७ सय ८६ जना घाइते भएका छन् ।

टर्कीको अजमिर शहरमा २० वटा भवनहरु ढलेका छन् । भूकम्पपछि पनि पराकम्प गइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्