Logo

गौरी मल्लले लेखिन भावुक स्ट्याटस



काठमाडौं, कार्तिक १५। नेपाली चलचित्र अभिनेत्री गौरी मल्लले कलाकार सुशीला दाहालको निधनप्रति दुःख व्यक्त गरेकी छन् ।अमेरिकामा बस्दै आएकी कलाकार दाहालको बिहीबार निधन भएको थियो ।

उनको निधनप्रति दुःख व्यक्तगर्दे गौरी मल्लले समाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेकी हुन् । ‘शुसिला दाहाल दिदीसँग मैले नेपाली कथानक चलचित्र चेलीबेटीमा काम गर्ने अवसर पाएकी थिए । आज उहाँ हामी माझ रहनु भएन तर सम्झनाका केही मिठा समय छाडेर जानु भएको छ ।

उहाँको अबको यात्रा सुखद् र शान्तिको रहोस् भनि इश्वरसँग प्रार्थना गर्दछु । हार्दिक श्रद्धान्जलि ।’ गौरीले समाजिक सञ्जालमा दाहालको फोटोसहित दुःख बाडेकी छन् । केहि दिन पहिले मात्रै श्रीमान गुमाएकी ६७ वर्षीय दाहालको क्यान्सरको कारण‍ निधन भएको जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्