Logo

खुल्लामञ्चमा खाना वितरण, ऋषि धमला सहभागी (फोटोफिचर)



काठमाडौं, १५ कार्तिक । लकडाउनको मारमा परेकालाई भोकै बस्न नपरोस भनेर काठमाडौंको खुल्लामञ्चमा निःशुल्क खाना खुवाउने अभियान जारी छ । आज रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमला उक्त कार्यक्रममा सहभागी भएर अभियानलाई धन्यवाद दिएका छन् । धमलाले आज आफ्नै हातले खाना समेत खुवाएका थिए । नेपालमा कोरोना संक्रमण फैलिएसंगै सरकारले यसको रोकथाम तथा नियन्त्रणको लागि लामो समयसम्म लकडाउन गरेको थियो ।

यो अवधिमा अतिआवश्यक बाहेकका कार्यालय, पसल, होटल लगायत बिभिन्न उद्योग, धन्दा, कलकारखाना र व्यापार व्यवसाय बन्द भएका थिए । यसको असर दैनिक ज्यालादारी गरेर चुलो बाल्नेलाई प्रत्यक्ष परिरहेको छ । धेरैको रोजगारी गुम्यो । लकडाउनकै कारण हजारौं मजदुरको गाँससमेत खोसियो । उनीहरु कैयौँदिन भोकै बसे । तर, कोहीपनि भोकै बस्न नपरोस भनेर निःशुल्क खाना वितरण अभियान सुरु गरिएकोले धेरैजसो मजदुर, दैनिक ज्यालादारी गर्नेहरु भोको बस्नु परेन । केही संस्थाहरुले खाना बितरण गरेर योगदान दिएका छन् ।

उनीहरुसँग न त भोक मेटाउने खाना छ, न त गोजीमा पैसा नै छ । दिनभरि काम गरेर रातको खानाको लागि जोहो गर्ने अधिकांश मजदुर कैयौं रात भोकै सुत्ने गरेका छन् । तर यस्ता मजदुरहर अब भोकै नहुन भन्ने उद्देश्यले हाम्रो टिम संस्थाले खाना बितरण गर्दै आएको छ । दुई छाक खानसमेत नपाएका नागरिकलाई सरकारले पाल्न नसकेकाले आफूहरु अघि सरेको हाम्रो टिम नेपाल संस्थाका संस्थापक अध्यक्ष विमल पन्तको भनाई छ । नेपालमा कोरोना संक्रमण फैलिएसंगै दोलखाका ४२ बर्षिया विनोद लामाको जागिर खोसियो । उनि अहिले बेरोजगार भएका छन्।

बिगतमा होटलमा कुक काम गरे बापत मासिक १२ हजार कमाउने गरेका थिए । तर लकडाउनको समयमा त्यो पनि बन्द भयो । त्यसपश्चात् भारी बोक्ने काम गरे कोरोनाकै कारण अहिले उन्ले भारी बोक्ने काम पनि त्यति पाउँदैनन् । दिनमा काम नपाएको कारण कतिपय रातमा भोकै सुत्ने गरेका छन् । तर यहा खाना खान पाउदा धेरै राहत भएको लामा बताउँछन् ।

त्यस्तै, इलामबाट ज्यामी काम गर्दै आएका राम तामाङपनि बिहान वेलुका यसरी खाना खान पाउदा खुसी छन् । लकडाउनको सुरुवाती दिनमा समुहका २५ जनाले २५र२५ हजार जम्मा गरी बिभिन्न स्थानमा भोकै बसेका मानिसलाई खाना बाडेका थिए । अहिले मासिक ११ हजार संकलन गरी भोको नागरीकलाई खाना बितरण गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्