Logo

छोराको इच्छाले महिलाले दिइन् १० छोरीको जन्म



भारतको मध्य प्रदेशमा शिवपुरी जिल्लामा एक दम्पत्तिको घरमा ८ छोरी पछि एक जुम्ल्याहा छोरीहरुको जन्म भएको छ । अझै यी दम्पत्तिले अझैपनि परिवारमा संख्या बढाउन चाहिरहेका छन् । यी मजदुर दम्पत्तिलाई परिवार नियोजनको बारेमा कुनै पनि जानकारी छैन ।

आश्चर्यको कुरा त यो छ कि यो जोडीलाई चार पाँच जना छोरीहरुको नाम नै याद छैन् । शिवपुरी शहरको मनियर क्षेत्रमा बस्ने मजदुर गणेश कुशवाहले बताएअनुसार ८ छोरी पछि २ छोरी जुम्ल्याहा जन्मिएका थिए । उनीहरुले सबै बच्चाहरु भगवानले दिएको मानिरहेका छन् ।

१० सन्तान पछि पनि गणेशले छोरा चाहिरहेका छन्, उनको कुरामा पत्नी पनि सहमत छिन् । तर उनीहरुलाई परिवार नियोजन बारे कुनै पनि जानकारी नभएको पनि बताएका छन् । गणेशकी ठुली छोरी कविताले दश कक्षा पढेर पढाई छाडिसककेकी छिन् ।

गणेशले सबै छोरीको बारेमा थाहा भएपनि सबैको नाम भने याद नभएको बताएका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्