Logo

वीरगञ्ज नाकाबाट भटमासको तेल निकासी साढे ४ गुणा बढ्यो



वीरगञ्ज, कार्तिक १६ । वीरगञ्ज नाकाबाट भटमासको प्रशोधित तेलको निकासी उल्लेख्य परिमाणले बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा ३६ हजार ३६६ मेट्रिकटन प्रशोधित तेल भारत निर्यात भएको हो ।

चालू वर्षको साउनदेखि असोजसम्मको ३ महीनामा निर्यात भएको परिमाण अघिल्लो वर्ष २०७६/७७ को समीक्षा अवधिको तुलनामा साढे ४ गुणा बढी भएको वीरगञ्ज भन्सारका अधिकृत रमेश सुकमनीले बताए । अघिल्लो वर्ष पहिलो ३ महीने अवधिमा वीरगञ्ज नाकाबाट बारा र पर्साका तेल उद्योगले ७ हजार ९८० मेट्रिकटन यस्तो तेल निकासी गरेका थिए ।

भटमासको तेल यो वर्ष वीरगञ्ज भन्सारबाट निकासी हुने मुख्य वस्तुको पहिलो स्थानमा परेको छ । अघिल्लो वर्ष प्रशोधित पाम तेल निकासी गरेका उद्योगले यो वर्ष भटमासको तेल निकासीमा जोड दिएका हुन् ।

भारतले गत माघमा पाम आयलको आयात रोकेको थियो । १ महीनाको प्रतिबन्धपछि कोटामा आयात अनुमति दिएको भारतले गत चैतमा पुनः प्रतिबन्ध लगाएको थियो ।

बारा र पर्सा औद्योगिक कोरिडोरमा एक दर्जन तेल उद्योग रहेके आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्