Logo

बेवारिसे शव फेला



कैलाली, कार्तिक १६ । कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियामा रहेको प्रतीक्षालयमा वेवारिसे शव भेटिएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक भरत चौधरीले शनिबार साँझ प्रतीक्षालयमा बेवारिसे शव भेटिएको बताएका हुन्

अन्दाजी ६० वर्षीया महिलाको शव भेटिए पनि पहिचान नखुलेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जनाए ।रासस



प्रतिक्रिया दिनुहोस्