Logo

कांग्रेस नेता विश्वकर्माको स्वास्थ्यमा सुधार



काठमाडौं, १६ कार्तिक । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको भेन्टिलेटरमा उपचारार्थ कांग्रेस नेता, सांसद तथा पूर्वमन्त्री मीन विश्वकर्माको स्वास्थ्यमा सुधार आएको अस्पतालका मेडिकल डाईरेक्टर डा. चक्रराज पाण्डेले जनाएका छन् । चार दिनदेखि ग्राण्डीमा उपचारार्थ नेता विश्वकर्माको स्वास्थ्यमा सुधार देखिएको पाण्डेको भनाई छ । रिपोर्टर्स नेपाल डटकमसँग कुरा गर्दै डा. पाण्डे भने,‘उहाँको स्वास्थ्य हिजोभन्दा आज राम्रो भएको छ। मिराकल भयो । अक्सिजनको मात्रा पनि बढि भएको छ । उपचार राम्रोसँग भैरहेको छ । आँत्तिनुपर्ने अवस्था छैन् ।’ उपचारको लागि विश्वकर्मालाई विदेश लैजानुपर्ने कांग्रेस नेताहरुले भन्दै आएका छन् नि ? भनेर सोधेको प्रश्नमा उनले भने,‘नेपाल उपचार गर्न सफल छ ।

कार्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि नेता विश्वकर्मा केही दिन घरमै आईसोलेशनमा बसेका थिए । त्यसपछि उनलाई वीर अस्पतालमा तीन दिन राखेर उपचार गराईएको थियो । स्वास्थ्य अवस्थामा जटिलता देखिएपछि उनलाई ग्राण्डी लगिएको थियो । कांग्रेस नेताहरुले सरकारलाई विश्वकर्माको उपचारमा विशेष सहयोग गर्न आग्रह गरेका छन् ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण, नेता गोपालमान श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई फोन गरेर विश्वकर्माको उपचारमा विशेष ध्यान दिनको लागि आग्ह गरेको बुझिएको छ । File Photo/reportersnepal



प्रतिक्रिया दिनुहोस्