Logo

सरकारलाई संघीय गठबन्धनको एक महिने अल्टिमेटम, माग पूरा नगरे आन्दोलन गर्ने चेतावनी



काठमाडौं, १६ कार्तिक । पहिचानमा आधारित संघीय गठबन्धनले संघीयता संस्थागत गर्न संविधानको धारा २७४ लगायत सम्पूर्ण पहिचानविरोधी धारा÷उपधाराहरु र अनुसुची ४ संशोधन गर्नुपर्ने माग राखेको छ । गठबन्धनले सरकारलाई एक महिनाको अल्टिमेटम दिएको छ । त्यसबेलासम्मपनि माग पूरा नगरे देशव्यापी सशक्त आन्दोलन गर्ने गठबन्धनको चेतावनी छ ।

आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर गठबन्धनले विभिन्न ५ बुँदे माग अघि सारेको हो । उसले अघि सारेका मागहरुमा थरुहट आन्दोलनका क्रममा टीकापुर घटनापश्चात् षड्यन्त्रपूर्वक विभिन्न अभियोगमा झुठा मुद्दा लगाइ फसाईएका थरुहट राजबन्दीहरू कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीलगायत थरुहट असान्दोलनकारी सबैको झुठा मुद्दालाई सरकारले मुद्दा फिर्ता, खारेजी गरी बन्दीहरूलाई निःसर्त रिहाइ गर्नुपर्ने, अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धी (आई.एल.ओ.–१६९), आदिवासी जनजातिहरूको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र–२००७ ले प्रदत्त गरेका हक अधिकारको प्रभावकारी कार्यान्वयनसहित आदिवासी जनजातिहरुको परम्परागत कानुनी मूूल्य मान्यता दिनुपर्ने, कोरोनाबाट प्रभावित जनताहरुको उचित स्वास्थ्य जाँच निःशुल्क रुपमा गर्नुपर्ने र सरकारले व्यापक रूपमा गर्दै आइरहेको संस्थागत भ्रस्चाचारहरुलाई तत्काल बन्द गर्नुपर्ने तथा जनताको जीवन निर्वाहलाई ध्यानमा राखि कोरोना प्रभावितहरुलाई क्षतिपूर्तीसहितको आर्थिक सहयोग गर्नुपर्ने रहेका छन् ।

गठबन्धनले यी मागहरुको तत्काल संम्वोधन गर्न सरकारलाइ एक महिनाको अल्टिमेटम दिएको छ । गठबन्धनले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘यदि हाम्रा यी जायज मागहरुलाई बेवास्ता गरे, कोरोनाको कहरबीच पनि जनताको अधिकार सुनिश्चितका लागि हामी मंसीर २० गते काठमाण्डौंमा एक वृहत कोणसभा गर्दै आन्दोलनको वृहत तयारीका साथ कार्यक्रमहरुको तिथि÷मिति सहित जनतामा जाने छौं ।’

कार्यक्रममा बोल्दै खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष आर.के. खम्बुले गठबन्धनले अघि सारेका मागका बारेमा प्रकाश पारेका थिए । र, उनले सरकारले आफूहरुको माग सम्बोधन नगरे देशव्यापी रुपमा सशक्त आन्दोलन चर्काउने चेतावनी दिए । उनले आफूहरु अधिकार प्राप्तिको लागि आन्दोलनकै मोर्चामा रहेको पनि जनाए ।

त्यस्तै, थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले पनि गठबन्धनले अघि सारेका जायज मागप्रति सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका थिए । यदि सरकारले गठबन्धनको माग सम्बोधन नगरे देशव्यापी रुपमा सशक्त आन्दोलन गरिने उनको भनाई छ । र, उक्त आन्दोलनमा सम्पूर्ण पहिचानवादी र उत्पीडनमा परेकाहरुले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमको सभापतित्वमा नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष डा. विजय सैंजुले गरेका थिए । प्रेस वक्तव्य वाचन मगरात संघर्ष समितिका संयोजक राम मगरले गरेका थिए भने थरुहट थारुवान राष्ट्रिय मोर्चाका महासचिव तुलसी थारुले कार्यक्रमको सञ्चालन गरेका थिए ।

पहिचानमा आधारित संघीय गठबन्धनद्धारा आयोजित
संयुक्त पत्रकार सम्मेलन

मितिः २०७७/०७/१६

आदरणीय पत्रकार साथीहरू,

वर्तमान कोरोनाको कहरवीच हामीले दशैं सम्पन्न गर्यौं । अव छठपर्व तथा दिपावलीपर्व पनि यसैगरी मनाउनु पर्ने अवस्था छ, सम्पूर्ण नेपाली जनताहरुले स्वास्थ्यलाई ध्यानमा राख्दै, सामाजिक दूरी कायम गर्दै घरघरमा छथपर्व र दिपाली पर्व मनाऔं । हाम्रो यस गठवन्धनको हार्दिक शुभकामना ।

नेपाली जनताको जनादेश विपरित पहिलो संविधानसभा सुनियोजत ढंगले विघटन गरी दोश्रो संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी हुँदै गर्दादेखी हालसम्म उक्त संविधानलाई अधुरो अपुरो विभेद्कारी संविधान भन्दै आफ्ना हक अधिकार सम्वोधन गराउन निरन्तर सम्पूर्ण पहिचानवादी शक्तीहरु संघर्षरत् रहंदै आएको सर्व विदितै छ । राज्य पुःनर्संरचना गर्दा पहिचान सहित (१०+१)को एघार प्रदेश बन्नुपर्दछ भन्ने हाम्रो स्पष्ट धारणा रहेको छ ।

पहिचान र अधिकारका लागि निरन्तर संघर्षरत नेवाः, खम्बुवान, लिम्वुवान, तमुवान, थरुहट, मगरात, शेर्पा महिला, दलित÷शिल्पी, मधेसी, मुस्लिम, खस समुदाय संग राज्यले विभिन्न मिति र समयमा गरेका सहमति सम्झौताहरुलाई कार्यान्वयन गर्न विभिन्न माग मुद्दाहरु सहित विशुद्ध संविधानको अन्तरबस्तुसंग नीहित रहेका अधिकारका मुख्य राजनीतिक माग मुद्दाहरुलाई सम्बोधन गर्न नेपाल सरकारलाई पटक–पटक ज्ञापनपत्र, ध्यानाकर्षण पत्र, स्मरणपत्र बुझाउदै आग्रह ग¥यौं तर पनि यो सरकार हाम्रो माग मुद्दाप्रति सकारात्मक रहेन ।

विश्वभरी महामारीको रुपमा द्रूत गतिमा फैलिरहेको कोरोना भाईरको संक्रमणले नेपाल पनि प्रभावित भएर सबैलाई भयभित एवं त्रसित बनाएको अवस्था अझै पनि छ । जुन कारणले गर्दा हाम्रो घोषित आन्दोलनका कार्यक्रमहरु स्थगन गर्नुपर्यो । यसवीच नेपाल सरकारले यस संक्रमणको नियन्त्रण, स्वास्थ्य चेकजाँच, उपकरण तथा उचित व्यवस्थापन गर्न असफल भएको छ । उद्योग धन्दा, कल कारखाना, व्यापार, व्यवसाय, शिक्षण, अस्पताल, सवारी यातायात, सेवाग्रही कार्यालय सहित जनजीवन पूर्णरुपमा प्रभावित भएको छ । श्रमजिवी, मजदुर, मुक्त कमैया, कम्लहरी, विद्यार्थी सहित न्यून आय भएका गरिबहरुले उचित राहत प्राप्त गर्न सकेका छैनन् । राहत वितरण कोषका रकम दुरुपयोग हुनुका साथै कोरोना चेकचाँजका उपकरणहरु खरिद प्रकरणमा भएको अनियमिता भ्रष्टाचार छताछुल्ल भएको छ ।

यसर्थ यही अवस्थालाई दृष्टिगत गर्दै शान्तिपूर्ण संघर्षका माध्यमबाट हामी सरकारलाइ निम्न मागहरु पूरा गर्न जोददार माग सर्दछौं ।

१. संघीयता संस्थागत गर्न संविधानको धारा २७४ लगाएत सम्पूर्ण पहिचान विरोधि धारा उपधाराहरु र अनुसुचि ४ संशोधन गर्नु पर्ने,

२. थरुहट आन्दोलनका क्रममा टीकापुर घटना पश्चात षड्यन्त्रपूर्वक विभिन्न अभियोगमा झुठा मुद्दा लगाइ फसाँइएका थरुहट राजबन्दीहरू कैलाली क्षेत्रं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मा. रेशमलाल चौधरी, लगायत थरुहट असान्दोलनकारी सबैको झुठा मुद्दालाई सरकारले मुद्दा फिर्ता, खारेजी गरी बन्दीहरूलाई निःसर्त रिहाइ गर्नुपर्ने ।

३. अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धी (आई.एल.ओ.–१६९), आदिवासी जनजातिहरूको अधिकार सम्बन्धि संयुक्त राष्ट्रसंघीय घोषणापत्र–२००७, प्रदत्त गरेका हक अधिकारको प्रभावकारी कार्यान्वयनसहित आदिवासी जनजातिहरुको परम्परागत कानुनी मूूल्य मान्यता दिनुपर्ने ।

४. कोरोनावा प्रभावित जनताहरुको उचित स्वास्थ्य जाँच निःशुल्क रुपमा गर्नु पर्ने,

५. सरकारले व्यापकरुपमा गर्दै आइरहेको संस्थागत भ्रस्ताचारहरुलाई तत्काल वन्द गर्नुपर्ने तथा जनताको जीवन निर्वाहलाई ध्यानमा राखि कोरोना प्रभावितहरुलाई क्षतिपूर्ती गरी आर्थिक सहयोग गर्नुपर्ने ।

यी उपरोक्त मागहरुको तत्काल संम्वोधन गर्न हामी सरकारलाइ एक महिनामको अल्तिमेतम् दिन्छौं । यदि हाम्रा यी जायेज मागहरुलाइ वेवास्ता गरे, कोरोनाको कहरविच पनि जनताको शुनिश्चित अधिकारका लागि हामी मंसीर २० गते काठमाण्डौंमा एक वृहत कोणसभा गर्दै आन्दोलनको वृहत तयारीकासाथ कार्यक्रमहरुको तिथिमिति सहित जनतामा जाने छौं ।

धन्यवाद,

पहिचानमा आधारित संघीय गठबन्धमा आवद्ध दल तथा संघ संगठनहरु ः

नेपाः राष्ट्रिय पार्टी – अध्यक्ष, डा. विजय प्रकाश सैँजु
खम्बुवान राष्ट्रिय मोर्चा – अध्यक्ष आर के खम्बु
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च – अध्यक्ष, कुमार लिङ्देन (मिराक)
नेपाल लोकतान्त्रिक पार्टी – अध्यक्ष, भानुराम थारु
थरुहट थारुवान राष्ट्रिय मोर्चा – संयोजक, लक्ष्मण थारु
खसान राष्ट्रिय संघर्ष समिति – संयोजक, प्रेम बहादुर खाती
तराई मधेश राष्ट्रिय परिषद् – संयोजक, सरोज राय
मगरात संघर्ष समिति – संयोजक राम मगर



प्रतिक्रिया दिनुहोस्