बाबुरामको प्रश्न : ओली आफ्नो कुबाटोमा दृढ छन्; अरू उनको सती जाने कि बेलैमा नयाँ समाजवादी बाटो बनाउने ?


काठमाडौं, १७ कार्तिक । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो कुबाटोमा दृढ रहेको टिप्पणी गरेका छन् । आज विहान सामाजिक सञ्जाल ट्विटरमार्फत डा. भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । उनले विश्व कम्युनिष्ट आन्दोलन धरासायी हुनुको प्रमुख कारण भनेको मूल पार्टी÷नेतृत्वले रंग फेरिसकेपछि पनि बाँकी नेता तथा कार्यकर्ताले बेलैमा विद्रोह गर्न नसक्नु भएको सुनाए ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद चर्किरहेको बेलामा नेता भट्टराईको यस्तो भनाई आएको हो ।  उनले लेखेका छन्,‘विश्व कम्युनिष्ट आन्दोलन धरासायी हुनुको एउटा प्रमुख कारण मूल पार्टी/नेतृत्वले रंग फेरिसकेपछि पनि बाॅकी नेता/कार्यकर्ताले बेलैमा विद्रोह गर्न नसक्नु हो भन्ने हिजोका झापाली/माओवादीले कति छिटो बिर्सेको? ओली आफ्नो कुबाटोमा दृढ छन्;अरू उनको सती जाने कि बेलैमा नयाॅ समाजवादी बाटो बनाउने?”