Logo

देशलाई विदेशी शक्ति केन्द्रको स्वार्थबाट बचाउनुपर्ने विश्वभक्त कार्कीको भनाई (भिडिओसहित)



काठमाडौं, १७ कार्तिक । विश्वभक्त होमबहादुर कार्कीले देशलाई विदेशीको रणभूमि र स्वार्थ केन्द्रहरुको मैदान बनाउन नहुने स्पष्ट पारेका छन् । आज अपरान्ह रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर कार्कीले यस्तो धारणा राखेका हुन् । उनले भारतीय गुप्तचर रअका प्रमुखको हालै भएको नेपाल भ्रमणको विषयमा पनि सरकारको भूमिकालाई लिएर प्रश्न गरेका छन् । देशको अहिलेको शासक वर्गहरुले देशलाई विकासको बाटोमा भन्दापनि दुर्घटनातर्फ लैजाने दुष्प्रयास गरेको पनि उनको आरोप छ । हेरौं पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्