Logo

उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठको उम्मेद्धवारी दर्ता



काठमाडौं, १७ कार्तिक । नाडाका पूर्व अध्यक्ष अञ्जन श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फबाट उपाध्यक्ष पदमा उम्मेद्धवारी दिएका छन् ।

श्रेष्ठले आज किशोर प्रधानको समुहबाट महासंघको वस्तुगत तर्फको उपाध्यक्षमा उम्मेद्धवारी दिएका हुन् ।

श्रेष्ठ २५ वर्षदेखि निरन्तर उद्योग/व्यवसायमा संग्लन छन्।

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारणी सदस्य तथा महासंघकै उद्योग समितिका सभापति श्रेष्ठ उत्पादनमुलक उद्योगदेखि व्यापार / व्यवसायमा पनि उत्तिकै अब्बल छन् । उनी लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक पनि हुन् ।



प्रतिक्रिया दिनुहोस्