Logo

उहाँ (प्रचण्ड) त कतिखेर के बोल्नुुहुन्छ ? त्यो ठेगान हुँदैन् : मन्त्री लेखराज भट्ट



सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा उद्योग, वाणिज्य तथा आफूर्तिमन्त्री लेखराज भट्टले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बोलीको ठेगान नभएको नेताको संज्ञा दिएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भनेका छन्,‘अब छलफल गर्दै जाँदा कुनै निश्कर्ष निस्केन भने प्रधानमन्त्रीले ल त जे गर्ने हो गर्नुस भन्ने कुरा त भयो होला । तर पार्टी फुटाउने र पार्टीको बैठक नबोलाउने त हुँदैन र हुन सक्दैन । र अहिलेसम्म प्रचण्डले भनेका के आजसम्म सत्य भएको छ र भन्या ? प्रचण्डले जे÷जे बोल्नु भएको छ त्यो सबै सत्य छ र ? उहाँले भनेका सबै कुरा सत्य हुन सक्दैनन् । उहाँले कुन आवेसमा के बोल्नु हुन्छ भन्ने कुरा टँुडिखेलमा के बोल्नुभयो भन्ने कुरा थाहा छ तपाइँलाई ५ हजारको जिम्मा म लिन्छु अरुको जिम्मा अरुले लिनुपर्छ भन्ने कुरो पनि एउटा नेतृत्वले भन्ने कुरा नै होइन् । उहाँ त कतिखेर के बोल्नुुहुन्छ त्यो ठेगान हुँदैन् ।’ प्रस्तुत छ मन्त्री भट्टसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

अब नेपाल कम्युनिस्ट पार्टी फुट्यो रे ! हिजो प्रधानमन्त्रीले घोषणा गर्नुभयो अरे ? प्रचण्डले यही भनेर हिजो खुमलटारमा सचिवालयका ६ जना नेताहरुसँग प्रधानमन्त्री ओलीले भनेको कुरा विफ्रिङ गर्नुभयो ?

-म पश्चिमतिर छु मैले तपाइँको न्युजबाट सुनेको हो । यर्थाथ कुरा के हो, मलाई त्यस्तो लाग्दैन् । पार्टी नै फुट्ने कुरो त कसैको हित हुँदैन । प्रधानमन्त्रीजीले पार्टी फुटाउनु पर्छ भन्नुभयो भन्ने मलाई लाग्दैन् ।

हैन प्रचण्डले भन्नुभयो हिजो, ६ जना सचिवालयको सदस्य राखेर आफुसहित प्रधानमन्त्रीले के भन्नु भयो रे भन्दा–अब तपाईहरु अलग–अलग जानुस्, सँगै बस्न सकिँदैन र म पार्टीको निर्णय मान्दिन भनेर । तपाईँ के भन्नुहुन्छ ?

-प्रधानमन्त्रीले पार्टी फुटाउनुपर्छ भनेजस्तो लाग्दैन मलाई ।

हैन प्रचण्डले विफ्रिङ गर्नुभयो हिजो खुमलटारमा ?

-प्रचण्डले के भन्नुभयो, प्रधानमन्त्रीले के भन्नुभयो त्यो त तपाइँ हामीसँग नभनि भन्यो भन्ने आधारमा त प्रचण्डले भन्यो भन्ने पनि लाग्दैन मलाई चाँही ।

हैन हिजो मलाई झलनाथ खनालले भन्नुभएको र नारायणकाजी श्रेष्ठले भन्नुभएको !

-अब उहाँहरुले के भन्नुभयो म त पश्चिममा छु । कसैसँग मेरो सम्र्पक भएको छैन् । म मन्त्रालयको काम र व्यक्तिगत काममा पनि लागेको छु । त्योभएर काठमाडौं आइसकेपछि मात्र बल्ल भेटघाट भएपछि यर्थाथ कुरो थाहा हुन्छ । त्यसपछि मैले प्रतिक्रिया दिने कुरो हुन्छ ।

हैन लेखराज भट्टजी, तपाईँ प्रधानमन्त्री केपी शर्मा ओलीजीको पक्षमा उभिनुभएको छ । तर प्रधानमन्त्रीले प्रष्ट रुपमा भन्नुभयो रे–प्रचण्डजी म पार्टीको निर्णय माँन्दिन, सचिवालउको निर्णय मान्दिन, केन्द्रिय समितीको निर्णय मान्दिन, स्थायी समितिको पनि निर्णय मान्दिन तपाइँहरु जे मन लाग्छ त्यही गर्नुस् भनेर ?

-मलाई त्यस्तो लाग्दैन प्रधानमन्त्री स्वयंम पार्टीको अध्यक्ष भएर प्रधानमन्त्रीले त्यस्तो अभिव्यक्ति दिनु भयो भन्ने लाग्दैन् । कुन सन्दर्भमा के कुरो भएको हो त्यसलाई टुइस्ट गरेको पनि हुनसक्छ । कुन सन्दर्भमा कुन नेताले कसरी व्यक्त गरे भन्नेमा उहाँहरुसँग भेटघाट नगरी भन्न सक्ने कुरा होइन् । मलाई जहाँसम्म लाग्छ कुनै पनि नेताले म पार्टीको निर्णय मान्दिन् । तपाइँ जे गर्नुहुन्छ गर्नुस् भन्छ भन्ने लाग्दैन् । स्वयंम आँफै अध्यक्षले पार्टीको नीति माँन्दिन भन्न त कहाँ सक्ला र ।

टेलिफोन सम्बादमा पनि प्रधानमन्त्रीले प्रष्ट रुपमा आइतबार प्रचण्डलाई भन्नुभयो रे, विभाजन गरेर जाने भए जानुस् ?

-अब त्यो त छलफल गर्दैगर्दा केही पनि सिप नलागेपछि के गर्ने त ल विभाजनमा नै जाने हो भने विभाजनमा जानोस भनेको होला । तैपनि मलाई त्यो भन्यो होला भन्ने पनि लाग्दैन फेरी ।

त्यसो भए अहिलेको अवस्थामा पार्टीलाई फुटबाट जोगाउन सकिन्छ ? लेखराज भट्टजी धेरै गाह्रो छ चुनौति छ नि ?

-अब त्यो चुनौतिलाई सामना गर्ने हो । जसरी हामीले पार्टीलाई एकता गर्यौ त्यो असम्भव थियो हिजो र अहिले पनि के हो भने पार्टी एकता बचाउनपर्छ । त्यो आम पाटी कार्यकर्ता र जनताको भावना पनि पार्टी फुट्नु हुन्न भन्ने नै छ । जुन आशा, भरोसा र अपेक्षा राखेर नेकपालाई नेपाली जनताले दुई तिहाइको नजिक पुर्याए त्यो कुरोलाई कुनै पनि नेताले भुल्नु हुन्न । र, पार्टी एकता जसरी पनि बचाउनुपर्छ भन्ने नै हो ।

आजको दिनमा पनि पार्टी बचाउन सक्नुहुन्छ ? किनभने प्रधानमन्त्रीले गरेको निर्णयमा प्रचण्डको असन्तुष्टि छ । मन्त्रीमण्डलको पूनर्गठनमा, कर्णाली प्रदेशको विवादमा, भारतीय गुप्तचर प्रमुखलाई प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएर भेटेको कुरामा सुरु भए नि त विवाद धेरै विषयबस्तुहरु छन् ?

-कुन नेतालाई कुन नेताको निर्णय मन परेन ? भन्ने कुरो हिजो पनि हामीलाई कैयौं चीजहरु मन पर्दैनथे । एउटा विधि र पद्धती अरुलाई विधि÷पद्धतिको कुरा गर्ने आफुले नमान्ने नेतृत्व पद्धतिहरुको यो जुन व्यवहार छ यसलाई बदल्नुपर्छ नेतृत्वहरुले र अब मन पर्ने र नपर्ने त सबैकुरा कहाँ सबैलाई मन पर्छ र सबैलाई त्यहि भएर यो कुरो पार्टी भित्रनै छलफल गर्ने कुरा हुन् । मन नपरेपनि त्यसलाई मान्नुपर्ने हुन्छ र मन परेपनि मान्ने कुरा हुन्छ । हिजो पनि त्यही गर्दै आएका छौं । र, गरेका छौ ।

तपाइँहरुले गर्नुभएको छ । तर, प्रधानमन्त्रीले औपचारिक रूपमै प्रचण्डसामू पार्टी विभाजनको प्रस्ताव ल्याउनुभयो अरे नि ? यसले समस्या त देखियो नि ? के भन्नुहुन्छ ?

-मलाई लाग्दैन ल्याउनु भो भनेर । त्यसरी प्रधानमन्त्रीले आँफै भनेको त हामीले सुनेका छैनौं । प्रचण्ड र उहाँको कुन प्रसंगमा त्यो कुरा भएको हो त्यो कुरोलाई नबुझिकनै प्रधानमन्त्रीले पार्टी फुटाउने प्रस्ताव ल्याउनुभयो भन्ने कुरामा मलाई विश्वास छैन है ।

प्रधानमन्त्रीको बाहिर कुरा आएको छ, र प्रचण्डले पनि भन्नु भएको छ कि–सल्लाहकार समुहको सदस्यहरुले भेटेर प्रदीप नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव गर्नुभयो रे, अब तपाई अघि बढ्नुहोस प्रदीप नेपालजी, नवगठित एमालेको म संरक्षक बन्छु भनेर प्रधानमन्त्रीले भन्नुभएको छ अरे ?

-फेरी पनि उहाँले भन्नुभयो होला भनेर लाग्दैन् ।

हिजो प्रचण्डले भन्नुभयो प्रधानमन्त्री पार्टी फुटाउने मानसिकतामा हुनुहुन्छ भनेर ? तपाईँलाई के लाग्छ ? प्रधानमन्त्रीले पार्टी फुटाउनुहोला ?

-फेरी उहाँतिर पनि जाला नी त, प्रचण्ड पनि पार्टी फुटाउने मानसिकतामा हुनुहुन्छ भन्ने कसैले विश्वास गर्ने कि नगर्ने, मलाई त लाग्दैन् ।

हिजो प्रधानमन्त्रीले त प्रतिक्रिया दिइसक्नुभएको छ, प्रचण्डजीले अब सँगै जान सकिदैन मसँग भन्नु भएको छ । उहाँ आफैले विभाजनको कुरा गर्ने बाहिर ओलीले पार्टी विभाजन ल्याउन खोज्यो, पार्टीमा फुट ल्याउन खोज्यो भन्दै हिड्नुभएको छ यो कार्यकारीको कुरा मैले बुझ्न सकिन भनेर प्रधानमन्त्रीको प्रतिक्रिया आयो, तपाईँले हेर्नुभएको छैन ?

-प्रचण्डजीले यसो भन्नु भाछ भन्ने कुरा प्रधानमन्त्रीले भन्या हो भने त केही अभिव्यक्तिमा कहीँ न कहीँ कन्फ्युजन छ । अब त्यो प्रचण्डले भनेको हो भने पनि गलत कुरा हो । सँगै बस्न सकिन्न भन्ने हो भने हिजो कसरी सँगै जानुभयो उहाँ ? त्यो प्रश्न पनि आउला । हिजो के÷के थियो सहमती प्रचण्ड र प्रधानमन्त्री ओलीजीको बीचमा ? के मिलेर एकता भयो अहिले कँहानिर के मिलेन र फुट्नुपर्यो ? यो त आम नेपाली जनता र कार्यकर्तालाई जवाफ दिनुपर्ला नि त दुईवटैले ।

प्रचण्डले भन्नुभएको छ नि त–‘अब प्रधानमन्त्री ओलीसँग सँगै मिलेर जान सकिँदैन, ओलीको प्रतिक्रिया आयो ?

-उहाँले हिजो ओलीलाई चिन्नु भएको थियो कि थिएन ? नचिनिकनै किन एकता गर्नुभयो त्यो प्रश्न त आउला नि त । अहिले कहाँनिर मिलेन उहाँहरुको विचारमा ? नमिलेको हो की भागवण्डामा मिलेन की त्यो कुरा त प्रस्ट गर्नुपर्ला नि त ।

नेताहरुको भागवण्डामा छ नि तपाइँलाई थाहा छ नि, मन्त्रिमण्डल पूनर्गठनमा पनि भागबण्डाको विवाद पर्याछ धेरैलाई बनाउनु परेको छ ?

भागवण्डाकै निम्ति पार्टी नै फुटाउनुपर्छ भन्ने पक्षमा त कोही पनि हुँदैन, नेताहरुलाई के पुगेन कार्यकता जनता त्यो पक्षमा छैन । अझ कार्यकर्ताको मनोविज्ञान हेर्ने हो भने म पनि एक हप्ता भन्दा बढी भयो पश्चिममा छु । मैले थुप्रै कार्यकतासँग भेटघाट गरिरहेको छु, कोही पनि पार्टी फुटको पक्षमा छैैनन् । नेताहरुले अरुलाई विधि÷पद्धती भन्ने विधि/पद्धती आचरणमा बस्नपर्छ भन्ने अभिव्यक्ति दिँदा अलि व्यवस्थित ढंगले पार्टी र जनताको हितमा दिनुपर्छ । त्यो भएन भने अब यी नेताको पक्षमा लाग्न सकिन्न भन्ने एक खालको मनोविज्ञान बनिरहेको छ । यो कुरा गम्भीरतापुर्वक नेतृत्वले बुझ्न जरुरी छ भन्छु मैले ।

तपाइँले राम्रोसँग हेर्नुभाछ, प्रचण्डलाई पनि चिन्नुभाछ र प्रचण्डको बयान सुनेका एक जना नेताले मलाई हिजो जानकारी दिनुभएको छ, सचिवालयका सदस्यले प्रधानमन्त्रीजीले म बैठक पनि डाक्दिन्, निर्णय पनि गर्दिन । अरु पार्टी फुटाउनको लागि लागेका छन् । बरु पार्टी फुटाउन भनेर भन्नु भएछ ?

-अब छलफल गर्दै जाँदा कुनै निश्कर्ष निस्केन भने प्रधानमन्त्रीले ल त जे गर्ने हो गर्नुस भन्ने कुरा त भयो होला । तर पार्टी फुटाउने र पार्टीको बैठक नबोलाउने त हुँदैन र हुन सक्दैन । र अहिलेसम्म प्रचण्डले भनेका के आजसम्म सत्य भएको छ र भन्या ? प्रचण्डले जे÷जे बोल्नु भएको छ त्यो सबै सत्य छ र ? उहाँले भनेका सबै कुरा सत्य हुन सक्दैनन् । उहाँले कुन आवेसमा के बोल्नु हुन्छ भन्ने कुरा टँुडिखेलमा के बोल्नुभयो भन्ने कुरा थाहा छ तपाइँलाई ५ हजारको जिम्मा म लिन्छु अरुको जिम्मा अरुले लिनुपर्छ भन्ने कुरो पनि एउटा नेतृत्वले भन्ने कुरा नै होइन् । उहाँ त कतिखेर के बोल्नुुहुन्छ त्यो ठेगान हुँदैन ।

होईन, तपाईको पार्टीका महासचिव विष्णु पौडेलले भन्नुभयो नि त पार्टी एकता संकटमा पर्यो भनेर ? यसले पनि पार्टी फूटको संघारमा छ भन्ने त देखाउँछ नि ?

-नेताहरुको दोहोरी चलेपछि उहाँले एकता संकटमा पर्यो भनेर भन्नु स्वभाविक हो । एकता संकटमा परेपछि संकटमुक्त गर्नुपर्छ । हामीले जो छौँ हामी अलि बुद्धि र विवेक पुर्याएर एकताको पक्षमा दह्रोसँग उभिने हो भने हाम्रै बलमा यी नेता टिकेका हुन् । जब हामीले साथ नदिएपछि नेताले मात्र पार्टी फुटाएर के हुन्छ, फुट्दैन नी । हामी पनि नेताको एउटाको पक्ष र अर्कोको पक्ष पर्ने हो भने पाटी फुट्ने हो । दुईटैको गलत चीजलाई गलत हो भन्न सक्नुपरो ति न हामीले पनि ।

 

 

 



प्रतिक्रिया दिनुहोस्