Logo

नारायणकाजीले भने : ‘तैं चुप मै चुप पनि नगरौं, ब्यक्तिगत झगडा तथा गालिगलौज पनि नगरौं’



काठमाडौं, १८ कार्तिक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले सल्लाह गरेर पार्टी अलग अलग गरौं भन्ने कुरा जहाँसुकैबाट आएको भएपनि त्यो सही नभएको स्पष्ट पारेका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत प्रवक्ता श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले लेखेका छन्,”सल्लाह गरेर पार्टी अलग अलग गरौं भन्ने कुरा जहाँसुकै बाट आएको भएपनि सही होइन । तर त्यसमा अन्तर्निहित एउटा पक्ष ,अर्थात ब्यक्तिगत कटुता सहितको ब्यक्तिगत बिषय नबनाऔं भन्ने कुरा सही छ र त्यसलाई पार्टी बिभाजन नगरी अर्को सन्दर्भमा सकारात्मक रुपले प्रयोग गरौं।पार्टी भित्रको छलफल्,बहश र अन्तर्सँघर्षलाई ब्यक्तिगत गालिगलौज र आरोप प्रत्यारोपको रुप नदिऔं ।राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर बिचार,नीति र प्रबृत्तिमा आधारित भई स्वस्थ एवं रुपान्तरणमुखी छलफल गरौं । तैं चुप मै चुप पनि नगरौं, तुम शेर तो हम सवा शेर झै ब्यक्तिगत झगडा तथा गालिगलौज पनि नगरौं । पार्टी एकताको रक्षा गरौं। साथै पार्टीलाई अकर्मण्य बनाई बिघटन एवं बिसर्जनको दिशामा जान र भष्ट पुँजीवादी पार्टी बन्न पनि नदिऔं ।” File Photo/Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्