Logo

दिपक–दीपा टिमबाट जितु नेपाल बाहिरिने सम्भावना



काठमाडौं, १८ कात्तिक । दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल र केदार घिमिरेको संयुक्त टिम वर्कमा केही सुपरहिट फिल्महरु निर्माण भएका थिए । उनीहरुको शक्तिशाली टिमवर्ककै कारण नेपाली फिल्म क्षेत्रमा अलग्गै पहिचान बनेको थियो । पहिलो फिल्म ‘६ एकान ६’ बाट सुरु भएको यो हास्य टिमले पछिल्लो फिल्म ‘छ माया छपक्कै’ सम्म आइपुग्दा फिल्म क्षेत्रमा बेग्लै स्थान बनाउन सफल भएको छ ।

पछिल्लो समयमा खस्कदै गएको नेपाली फिल्मलाई एकाएक उचाईमा ल्याउन सफल यो ‘छक्का पञ्जा’ टिम फुटको संघारमा आएको जानकारहरु बताउँछन् । यो टिमबाट अब हास्य कमेडीका एक नक्षत्र जितु नेपाल बाहिरीने सम्भावना धेरै रहेको छ ।

जितु नेपालले संचालन गर्ने कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लव’ बाट दीपाश्री बर्हिगमन हुनु नै जितु ‘छक्का पञ्जा’ टिमबाट बाहिरिने कारण भएको कतिपयको टिप्पणी छ । दीपा–दीपकराज गिरीले टिमका खम्बा जितु नेपालप्रति प्रतिसोध साधेको हुनसक्ने धेरैले बताएका छन् ।

‘महानायक’ विवादमा परेपछि दीपाश्रीको चौतर्फी आलोचना भएको थियो । ‘मुन्द्रेको कमेडी क्लव’का प्रायोजक कम्पनीहरुले नै दीपाश्री लाई अध्यक्षबाट हटाउन दबाब दिएको थियो । दीपाश्रीलाई अध्यक्षमा राख्न अडान नलिएको आरोप ‘छक्का पञ्जा’ टिमले जितु नेपाललाई लगाएको छ ।

श्रोतका अनुसार ‘मुन्द्रेको कमेडी क्लव’ बाट दीपाश्रीलाई हटाएपछि दिपक–दीपा र जितु नेपालको भेटघाट र फोनमा समेत कुरा भएको छैन् । दशै अगाडी यो टिमको नयाँ फिल्मको बारेमा छलफल हुँदा जितु भने उपस्थित थिएनन् ।

‘मुन्द्रेको कमेडी क्लव’को पुर्ननिमार्ण भए झै ‘छक्का पञ्जा’ को टिम पनि पुर्ननिर्माण हुने सम्भावना भएको जनाइएको छ । ‘छक्का पञ्जा’को नयाँ टिममा हास्य कलाकारहरु शिवहरी पौडेल, विल्सन विक्रम राई र निर्मल शर्माले प्रवेश गरेका छन् ।Photo Source: Mero Film



प्रतिक्रिया दिनुहोस्