Logo

माधव नेपाल प्रदिप नेपालको घरमा, के-के कुरा भयो ?



काठमाडौं, १८ कार्तिक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले प्रदीप नेपालसँग भेटवार्ता गरेका छन् । पार्टीभित्र आन्तरिक विवाद चुलिएकै बेलामा नेता नेपालले प्रदीप नेपालसँग हिजो साँझ गरेको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सम्वादहिनताको अवस्था सिर्जना भएको छ । स्रोतकाअनुसार नेता नेपालसँगको भेटमा प्रदिप नेपालले अध्यक्ष ओलीसँग मिलेर जान सुझाएका थिए । तर, नेता नेपालले आफू सधैं मिलेर अघि बढ्ने पक्षमा रहेको र समस्या ओलीमा रहेको भन्दै उल्टै ओलीलाई सम्झाउन प्रदिप नेपालसँग आग्रह गरेका छन् ।

मन्त्रिमण्डल पूनर्गठनदेखि पर्सा काण्डसम्म आईपुग्दा ओलीले पार्टीका निर्णय बेवास्ता गरेको दाहाल–नेपाल पक्षको आरोप छ । तर, ओली पक्षले भने दाहाल–नेपालले सधैं पार्टीभित्र किचलो गरेको र भागबण्डाको लागि मात्रै राजनीति गरेको दाबी गर्दै आएको छ । १३ दिनपछि अस्ति भएको अध्यक्षद्धय ओली र दाहालबीचको भेटवार्ताले सहमतिको साटो झनै नेकपा विवाद चुलिएको छ । आफूसँगको भेटमा ओलीले ‘अब सँगै जान सकिँदैन्, आ–आफ्नो बाटो लाऔं’ भनेको कुरा दाहालले आफूनिकट नेताहरुसँग ब्रिफिङ गरेको कुरा बाहिर आएको छ ।

तर, नेकपाका दोस्रो तहका नेताहरु भने पार्टी एकता कुनैपनि हालतमा जोगाउनुपर्ने पक्षमा उभिएका छन् । आज अध्यक्षद्धयबीच वार्ता हुने भनिएको छ । तर, अहिलेसम्म समय भने तय भएको छैन् । अध्यक्षद्धयबीच वार्ता गराउन नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ लागिपरेका छन् । नेम्वाङले आज विहान प्रधानमन्त्री ओलीसँग भेटेका थिए भने लगत्तै अर्का अध्यक्ष दाहालसँग भेटवार्ता गरेका छन् ।

उता, दाहालनिकट स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पनि दुई अध्यक्षबीच हिजो पनि टेलिफोन वार्ता भएको सुनाए । र, आजपनि वार्ता हुने उनको विश्वास छ । पत्रकार ऋषि धमलासँग उनले भने,‘प्रधानमन्त्री ओलीसँग अर्का अध्यक्ष प्रचण्डले आज निर्णायक वार्ता गर्दैहुनुहुन्छ । उहाँ पार्टी एकता जोगाउनको लागि गम्भिर भएर लाग्नुभएको छ ।

अध्यक्षद्धय ओली र दाहालबीच विवाद चर्किएलगत्तै प्रधानमन्त्री ओलीनिकट नेताहरु प्रदिप नेपालको घरमा पुगेका थिए । उक्त भेटमा प्रधानमन्त्रीनिकट नेताहरु शंकर पोखरेल, विष्णु रिमाल, डा. राजन भट्टराई, भानुभक्त ढकाल, सूर्य थापालगायत पुगेका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले उक्त भेटलाई ‘राजनीतिक–शिष्टाचार’ भेटवार्ताको संज्ञा दिएका थिए । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्