Logo

सरकारी अस्पतालमा पीसीआर परीक्षण घट्दै



काठमाडौं, कार्तिक १९ । सरकारले कोरोना परीक्षण र उपचारमा शुल्क तोकेपछि सरकारी अस्पतालका प्रयोगशालामा पीसीआर परीक्षण घट्दै गएको छ ।

सर्वसाधारणले आठ महिनायता सरकारी अस्पतालबाट निःशुल्क परीक्षण र उपचार पाउँदै आएकामा कात्तिक २ बाट सरकारले यो सेवा कटौती गरेको थियो ।

यो निर्णयपछि संक्रमितको सम्पर्कमा आएका र सम्भावित संक्रमितले परीक्षण गर्नै छाडेको आजको कान्तिपुर दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot