Logo

कडा प्रतिष्पर्धाबीच रियलद्वारा इन्टर मिलान पराजित



एजेन्सी, १९ कात्तिक । रियल म्याड्रिडले इन्टर मिलानमाथि महत्वपूर्ण जित निकालेको छ । गएराति च्याम्पियन्स लिग फुटबलमा रियलले घरेलु मैदानमा इन्टरमाथि ३-२ को जित निकालेको हो ।

रियलको जितमा बेन्जेमा, रामोस र रोड्रिगोले गोल गरे । खेलको ८० औं मिनेटसम्म २-२ गोलको बराबरी रहेपनि रोड्रिगोले गोल गरी टोलीलाई महत्वपूर्ण जित दिलाए ।

खेलमा निकै कडा प्रतिस्पर्धा देखिएको छ । यसअघिको दुई खेलमा जित निकाल्न नसकेको रियलले गएराति इन्टरमाथि जित हासिल गरी महत्वपूर्ण ती अंक जोडेको छ । जितका बाबजुद रियल ग्रुप बीमा तेस्रो स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्