Logo

म्याराडोनाको शल्यक्रिया



एजेन्सी, १९ कात्तिक । अर्जेन्टिनाका पूर्व फुटबल स्टार डियगो म्याराडोनाको शल्यक्रिया भएको छ । उनको मस्तिष्कको नियमित शल्यक्रिया भएको निजी चिकित्सकले जनाएका छन् ।

मस्तिष्कमा रगतको दाग देखिएपछि उनी सोमबार अस्पताल भर्ना भएका थिए । मंगलबार उनको शल्यक्रिया भएको हो ।

सन् १९८६ मा अर्जेन्टिनालाई म्याराडोनाले विश्वकप जिताएका थिए । सन् १९९० मा फाइनलमा पुर्याएका थिए । उनी शताब्दीकै महान फुटबल खेलाडीका रुपमा परिचित छन् ।



प्रतिक्रिया दिनुहोस्