Logo

अर्नब गोस्वामी मुम्बई प्रहरीद्वारा गिरफ्तार



काठमाडौं,कार्तिक १९ । भारतीय पत्रकार अर्नब गोस्वामी पक्राउ परेका छन् । रिपब्लिक टेलिभिजनका प्रधान सम्पादकसमेत रहेका अर्नबलाई आत्महत्या दुरुत्साहनको मुद्दामा मुम्बई प्रहरीले पक्राउ गरेको हो ।

भारतीय सञ्‍चारमाध्यमका अनुसार अर्नबलाई सन् २०१८ मा एक जना इन्टेरियर डिजाइनर र उनकी आमाको आत्महत्या प्रकरणमा बुधबार गिरफ्तार गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्