Logo

खाद्यान्न वितरण सहज



हुम्ला, १९ कात्तिक: नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि. शाखा कार्यालय हुम्लाले बडादशैंँ तथा तिहारका अवसरमा कर्मचारी, सर्वसाधारण जनता र व्यापारीलाई यस वर्ष सहज तरिकाले खाद्यान्न वितरण गरेको छ । जिल्लामा धेरै वर्षदेखि दशैंँतिहारमा खाद्यान्न अभाव हुने भएकाले कर्मचारी नेपालगञ्ज र सुर्खेतबाट पाँच किलो चामलको पोको र मैदा ल्याउन बाध्य हुन्थे । यस वर्ष भने दशैंँतिहारमा प्रतिकर्मचारीले १५ केजी चामल पाएका छन् ।

कम्पनीका जिल्ला कार्यालय प्रमुख रामबहादुर विष्टले दशैंँतिहारका लागि सिमकोट गाउँपालिकाका सर्वसाधारण जनता, कर्मचारी र व्यापारीलाई १९ क्विन्टल, खार्पुनाथ गाउँपालिकामा दुई हजार क्विन्टल, सर्केगाड डिपोमार्फत एक हजार क्विन्टल र श्रीनगर डिपोमार्फत एक हजार ५० क्विन्टल चामल वितरण गरिएको जानकारी दिए । हाल कम्पनीको गोदाममा तीन हजार क्विन्टल चामल बाँकी रहेको जनाइएको छ ।

कोरोना महामारीले गर्दा गत वर्षदेखि चीनको नाका बन्द भएकाले नेपाल सरकारले हवाईमार्गबाट खाद्यान्न ढुवानी तीव्र गराएपछि खाद्यान्न अभाव कम भएको हो ।-रासस

http://www.adbl.gov.np


प्रतिक्रिया दिनुहोस्