Logo

‘डाँक’ बोक्ने बस नियमित नहुँदा समस्या



वालिङ, २१ कात्तिक: डाँक बोक्ने बसहरु नियमित सञ्चालनमा नआउँदा समयमा चिठी पु¥याउन समस्या हुने गरेको छ । हुलाक कार्यालय र पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिबीच डाँक बोक्ने सम्झौता भएअनुसार नियमित डाँक नउठाएका कारण समयमा सेवाग्राहीलाई चिठी पु¥याउन समस्या हुने गरेको जिल्ला हुलाक कार्यालयले जनाएको छ ।

“एक ठाउँबाट अर्को ठाउँमा वा एक जिल्लाबाट अर्को जिल्लामा चिठीपत्र वा कागजातहरु लैजानका लागि बस कम्पनीसँग सम्झौता भएको छ”, कार्यालय प्रमुख कृष्णप्रसाद तिमिल्सिनाले भने, “विशेषगरी पोखराबाट बुटवलसम्म र बुटवलबाट स्याङ्जा हुँदै पोखरासम्म चिठीपत्र वा कागजातहरु डाँक सेवामार्फत ओसारपसार गर्ने गरिएकामा बसहरु नियमित नहुँदा समयमा पु¥याउन सकेका छैनौं ।”

हुलाक कार्यालयले डाँक बोक्नका लागि पृथ्वी राजमार्ग कम्पनीअन्तर्गत सञ्चालन हुने दुई वटा बस र पश्चिम नेपाल बस ब्यवसायी कम्पनीका दुई वटा बसलाई डाँक सेवाअन्तर्गत राखेर सम्झौता भएबमोजिम नियमित डाँक उठ्न नसकेको कार्यालय प्रमुख तिमिल्सिनाले बताए । “डाँक बोक्ने बसहरुले नियमितरुपमा डाँक ल्याउने वा यहाँ भएका उठाउँदै अन्य हुलाक कार्यालयहरुमा छोड्दै जानुपर्ने हो”, कार्यालय प्रमुख तिमिल्सिनाले भने, “बस कहिले आउँछ कहिले आउँदैन, एकजना कर्मचारीले बिहानदेखि बेलुकासम्म बाटो हेरेर बसीरहनुपर्ने बाध्यता छ ।”

हुलाकले समयमा चिठीपत्र, कागजातहरु पु¥याएन भनेर सेवाग्राहीले हुलाकमाथि गुनासो गर्नुहुन्छ तर यसको समस्या भने फरक रहेको कार्यालय प्रमुख तिमिल्सिनाले बताए । हुलाक कार्यालयको डाँक बोक्नका लागि सम्झौता भएर नियमित डाँक सेवा सञ्चालन भइरहेको तर कोभिड—१९ को बन्दाबन्दीका कारण नियमित हुन नसकेको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालि प्रधान कार्यालय पोखराका कार्यालय प्रमुख ज्ञानेन्द्रकुमार थापाले बताए । “कोभिड—१९ को बन्दाबन्दीको असर यातायात क्षेत्रमा परेका कारण समय समयमा बसहरु छुटाउन नसकिएकाले गर्दा नियमित डाँक बोक्न समस्या भएको हो”, प्रमुख थापाले भने । कोभिडका कारण यात्रुहरु डर र त्रासका कारण सार्वजनिक बसहरुमा धेरै यात्रा नगर्ने भएकाले थोरै यात्रु हुँदा बसले पालो हप्ने गरेकाले पनि समस्या भएको उनको भनाइ छ ।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्