Logo

‘पार्टी एकता रक्षा गर्न नेतृत्व गम्भीर हुनुपर्छ, गणतन्त्र आउनुमा जनयुद्धको मुख्य भूमिका’ : ज्वाला



काठमाडौं, २३ कार्तिक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का धादिङका युवा नेता राजन लम्साल ‘ज्वाला’ ले पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई सहमतिका साथ पार्टी एकता मजबुद बनाउन आग्रह गरेका छन् । देशमा लामो समयको राजनीतिक अस्थिरताको अन्त्यसँगै विकास र समृद्धि हाँसिल गर्नको लागि पनि नेकपाको एकतालाई रक्षा गर्दै पार्टी नेतृत्व अघि बढ्नुको विकल्प नभएको उनको भनाई छ ।

पार्टी अध्यक्षद्धय ओली र दाहालबीच मनमुटाब बढिरहेको बेला यतिवेला देशभरिका पार्टी युवा पँक्तिले एकता रक्षा गर्दै अघि बढ्न नेतृत्वलाई दबाब दिईरहेका छन् । यसै सिलसिलामा युवा नेता लम्सालको यस्तो भनाई आएको हो । उनले देशमा राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाको लागि जनयुद्धको मुख्य भूमिका रहेको पनि उल्लेख गरेका छन् ।

उनले पार्टी एकता जनताको भावनासँग जोडिएको र एकताको आधार बलियो रहेकोले कसैले पनि पार्टी फुटाउन नसक्ने जिकिर गरे । उनले विपक्षीहरु नेकपा कहिले फुट्छ भनेर पर्खिरहेको बेलामा नेकपा नेतृत्वले देशभरिका लाखौं कार्यकर्ता र जनताको भावनालाई आत्मसात गरेर अघि बढ्नु नै बेश हुने पनि विश्वास दिलाएका छन् ।



प्रतिक्रिया दिनुहोस्