Logo

‘परदशी २’ बनाउँदै केकी अधिकारी



काठमाडौं, २३ कात्तिक । फिल्म सफल नभएपनि चर्चित भएकी नायिका हुन् केकी अधिकारी । उनीद्धारा अभिनित फिल्महरुले अपेक्षित रुपमा व्यापार गर्न नसकेपनि काम भने निरन्तर पाइरहेकी छिन् । ‘छ माया छपक्क’ फिल्मबाट केही सफलताको स्वाद चाखेकी केकीले फिल्म निर्माणमा हात हालेकी छिन् ।

दुई वर्ष अगाडी उनले ‘कोहलपुर एक्सप्रेस’ नामको एक फिल्म बनाएकी थिइन् । त्यो फिल्मले सफलता नपाएपनि केकीलाई चोरीको आरोप भने लाग्यो ।

भारतीय साउथ फिल्म ‘मुम्बई एक्सप्रेस’ को हु–बहु कपि गरीएको ‘कोहलपुर एक्सप्रेस’बाट केकीले चोरी गरेको आरोपसमेत खेप्नु परेको थियो । केही समय अगाडी केकीले चोरीको त्यो दाग हटाउन नै मौलिक विषयवस्तुमा फिल्म निर्माण गर्ने बताएकी थिइन् ।

केकी अब फेरी नयाँ फिल्मको निर्माण तर्फ जुटेकी छिन् । तिहार लगत्तै उनको फिल्म ‘परदेशी २’ को सुर्टिङ कार्य सुरु हुने जनाइएको छ । १ महिनादेखि फिल्मको वर्कसप चलिरहेको र वर्कसप अझै २ महिनासम्म चल्ने निर्माणपक्षले जनाएको छ । फिल्मका लागि आवश्यक सम्पुर्ण पात्र र सुर्टिङका लागि स्थानहरु पनि फाइनल भइसकेका छन् ।

सामाजिक विषयवस्तुमा तयार हुने ‘परदेशी २’ मा ‘कोहलपुर एक्सप्रेस’ फिल्मका विशाल भण्डारीको समय नभएकाले निर्देशक भने फेरिएका छन् । हालसम्म औपचारिका रुपमा घोषणा नभएको यो फिल्मको स्थिति सामान्य भएपछि केकीले एक कार्यक्रम गरेर जानकारी गराउने तयारीमा छिन् ।



प्रतिक्रिया दिनुहोस्