Logo

लिसेस्टर शिर्ष स्थानमा, टोटनह्याम दोस्रो स्थानमा उक्लियो



एजेन्सी, २४ कात्तिक । प्रिमियर लिग फुटबलमा लिसेस्टर सिटी शिर्ष स्थानमा उक्लिएको छ । गएराति लिसेस्टरले वल्भरह्याम्पटनलाई १-० ले पराजित गरेको हो ।

लिसेस्टरको जीतमा भार्डीले १५ औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका थिए । जीतसँगै लिसेस्टर १८ अंकसहित लिगको शिर्ष स्थानमा उक्लिएको छ ।

यसैगरी, टोटनह्यामले वेस्ट ब्रोमलाई १-० ले पराजित गरेको छ । गएराति भएको खेलमा कानेले ८८ औं मिनेटमा गोल गरी टोलीलाई महत्वपूर्ण तीन अंक दिलाए । टोटनह्यामबाट काने, सन र बेल तीनैजना मैदानमा उत्रिएका थिए ।

आर्सनल भने एस्टन भिल्लासँग आफ्नै मैदानमा ३-० ले पराजित भएको छ । भिल्लाले यो सिजनमा सानदार प्रदर्शन गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्