Logo

अर्जुन रामपालको घरमा छापा



एजेन्सी, २४ कात्तिक । सुशान्त सिंह राजपुतको निधनपछि लागुऔषध प्रकरणमा बलिउडका कलाकारहरुको नाम आइरहेको छ । आइतबार निर्माता युसुफ नाडियावालाको घरमा छापा मारेपछि सोमबार एनसीबीको टोली कलाकार अर्जुन रामपालको घरमा तलाशीको लागि पुगेको छ ।

अर्जुन रामपालको प्रेमिका गैब्रिएला डिमेट्रियडेसको भाई एगिसिलाओसलाई फेरी एनसीबीले हिरासतमा लिएको छ । उनलाई केहि दिन पहिला एनसीबीले पक्राउ गरेको थियो । तर, उनलाई त्यतिबेला धरौटीमा रिहा गरीएको थियो ।

अर्जुन रामपाल यतिबेला नेल पोलिशको सुर्टिङमा व्यस्त छन् । एनसीबीले लागुऔषधको प्रकरणमा दीपिका पादुकोण, रकुलप्रीत, सारा अलि खान र श्रद्धा कपुरलाई सोधपुछ गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot